सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लिभरपुलको जितमा नुनेजको चार गोल

शुक्रबार, ०६ साउन २०७९, ०६ : ४८
शुक्रबार, ०६ साउन २०७९

डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्दतमा इङ्ग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ । 

बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे । अग्रता भने सलाहले लिएका थिए । यसपछि बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे । 

अब, लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ । यसपछि लिभरपुल र म्यानचेस्टर सिटीबीच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप