आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन १९ सय ४१ जना सवारी चालकमाथि कारवाही

शुक्रबार, ०६ साउन २०७९, ०७ : ११
शुक्रबार, ०६ साउन २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन् । अन्य कारण कारवाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप