सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय  गाडीको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु

शुक्रबार, ०६ साउन २०७९, ०८ : ०१
शुक्रबार, ०६ साउन २०७९

मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचाेकमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको टेलर​को ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र २१  वर्षीय भीम बहादुर राई रहेको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार कार्कीले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर  प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको टेलर गाडीले  सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक परियार र  सवार राई घाइते भई उपचारको क्रममा विराट मेडिकल कलेजमा दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवै जानलाई नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप