मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लमजुङबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, ०६ साउन २०७९, ०८ : २३
शुक्रबार, ०६ साउन २०७९

पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीशहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । 

शंकास्पद गतिविधिमा  हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरी बिहीबार साँझ ती युवालाई सार्वजनिक गरिएको हो । उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । 

बिहीबार जिल्ला अदालत लमजुङबाट  म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप