सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रयाक्टरले किच्दा बालकको मृत्यु

शुक्रबार, ०६ साउन २०७९, ०९ : ००
शुक्रबार, ०६ साउन २०७९

भोजपुर नगरपालिका–१२ छचौतारामा ट्रयाक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ नंको ट्रयाक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए । ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप