सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओपोद्वारा एफफाइभ सिक्स जीबी रेड एडिशन सार्वजनिक,यस्तो छ विशेषता

सोमबार, २५ मङ्सिर २०७४, १८ : २८
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं –  सेल्फी एक्स्पर्टका रुपमा बजारमा स्थापित भएको ओपोले एफफाइभ अन्तर्गत नै पूणः नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी पावरफूल रेड (रातो) रंगमा सार्वजनिक गरेको छ । 

ओपोले आफ्ना उपभोक्ताहरु विशेष गरी यूवा पुस्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ केही समय अगाडी मात्रै एफफाइभ सिक्स जीबीको ब्लयाक एडिशन र एफफाइभ यूथ पनि सार्वजनिक गरिसकेको छ । 


ओपो एफफाइभ सिक्स जीबी रेड एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले भने, ‘ हाम्रो नयाँ फ्ल्यागशिप मोडल ओपो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाका लागि हामी आदर्णिय उपभोक्ता तथा समग्र सरोकारवाला प्रति कृतज्ञछौँ । प्राप्त प्रतिक्रियाले हामीलाई नेपाली उपभोक्ताका लागि अझ उत्कृष्ट उत्पादनहरु पस्कँदै जाने प्रेरणा मिलेको उनले बताए । 
 

ओपो एफफाइभ सिक्स जीबी फेशनेवल रातो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी ¥याम र ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको जनाएको छ । 
पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभुती प्रदान गर्नुका साथै स्टाइलिश तथा फेशनेवल रातो रंगले उपभोक्तालाई सँधै फेशनेवल बेष्ट देखाउन सघाउने कम्पनीको दावी छ ।
 
यस्तो छ विशेषता:


सेल्फीमा रहेका मानिसकै आधारमा ब्यक्तिगत ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने सोचका साथ सार्वजनिक नयाँ फोनमा उद्योगकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधि उपलब्ध गरिएको जनाएको छ । २ सय भन्दा बढी फेशियल ‘रेकग्निशन स्पट्स’सहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेसमार्फत फेशियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ ।

 फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ । एफफाइभ सिक्स जीबी रेड एडिशनको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप