सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समाजवादी केन्द्र निर्माणको तयारीबारे एमाले नेताले दिए यस्तो प्रतिक्रिया

शुक्रबार, ०६ साउन २०७९, ०९ : ५१
शुक्रबार, ०६ साउन २०७९

नेकपा एमाले बाहेकका कम्युनिस्ट पार्टीहरूबीच समाजवादी केन्द्र गठनको तयारी भइरहेको छ । समाजवादी केन्द्र गठनको विषयलाई नेकपा एमालेले भने उदेश्य विहीन यात्राको संज्ञा दिएको छ । 

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले उद्देश्यहीन यात्रीहरू बीचको एकताबाट समाजवादी होइन, महा-समाजवादी केन्द्र बनाए पनि त्यसले उत्साह पैदा नगर्ने दाबी गरेका छन् । 

सामाजिक सञ्जालमा रिजालले लेखेका छन् -'अधोगतितिर लम्किरहेका, जीवनको उत्तरार्द्धमा पुगेका, पटकपटक परीक्षण भइसकेका, आफ्नै असफलताका भारीले किचिएका, ईष्याले जल्दा जल्दै खुम्चिएका र उद्देश्यहीन यात्रीहरुबीचको एकताबाट समाजवादी होइन, महा-समाजवादी केन्द्र बनाए पनि त्यसले के उत्साह पैदा गर्दछ र ? मिलेरै चुनाव लड्दा हबिगत देखिएकै छ ।  कांग्रेसको पुच्छर समातेर वैतरणी तर्ने बाहेक अरु कुनै उपाय र उद्देश्य नभएका शक्तिहरु बीचको एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई के नै फरक पर्ला र ?'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप