सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अस्तायो विश्वको सबैभन्दा बुढो पाण्डा, ३५ वर्षको उमेरमा दिइयो ‘इच्छामृत्यु’

शुक्रबार, ०६ साउन २०७९, ११ : ५३
शुक्रबार, ०६ साउन २०७९

विश्वको सबैभन्दा बुढो र विशाल भाले पाण्डाको मृत्यु भएको छ । एन एन नामको यो पाण्डालाई बिहिबार बिहान हङकङको ओशन पार्कमा इच्छा मृत्यु दिइयो ।

यो पाण्डाको उमेर ३५ वर्ष थियो जुन मानिसको १०५ वर्षको उमेर बराबर हो । एन एनले ठोस भोजन खान बन्द गरेको थियो । यसले पछिल्लो निकै समय अघिदेखि पानी वा इलेक्ट्रोलाइटयुक्त तरल पदार्थ मात्रै खाइरहेको थियो । यो पाण्डाको हेरविचार गरिरहेको पार्कका अनुसार पाण्डा आफ्नो मृत्युभन्दा अघि निकै निष्क्रिय भइसकेको थियो । कर्मचारीले उनको समस्या कम गर्नका लागि उसलाई मेडिकल सहायत पनि दिइरहेका थिए ।

ओशन पार्कले आफ्नो बयानमा भनेको छ, ‘यो दुःखद हो तर एन एनको स्थिति २१ जुलाई २०२२ मा असाध्यै खराब भएको थियो । चीन संरक्षण तथा अनुसन्धान केन्द्र (चाइना कन्जरभेटिभ एन्ड रिसर्च सेन्टरसँग सल्लाह लिएपछि ओशन पार्क र कृषि, मत्स्य पालन र संरक्षण विभागका पशु चिकित्सकले यो विशाल पाण्डालाई इच्छा मृत्यु दिने कठिन निर्णय लिइयो । बिहिबार बिहान स्थानीय समयानुसार ८ः४० बजे पाण्डालाई इच्छा मृत्युको दिने प्रक्रिया पूरा गरियो ।

ओशन पार्क कर्पोरेशनका अध्यक्ष पाउलो पोंगले भने, ‘एन एन हाम्रो परिवारको एक महत्वपूर्ण सदस्य थिए र ऊ पार्कमा नै हुर्किएको हो । उसले स्थानीय र पर्यटकसँग निकै आत्मीय सम्बन्ध गाँसेको थियो । एन एनले हाम्रो थुप्रै मलाई छुने स्मरणीय पल प्रदान गरेको छ । उसलाई बिर्सन सकिँदैन ।’

अपरान्ह एन एनको शोक सभा राखियो जहाँ कर्मचारीले पाण्डको एउटा तस्बिरसँग सेतो फूल पनि राखेका थिए । तस्बिरमा लेखिएको थियो, ‘थ्याङ्क्यू एन एन १९८६–२०२२’

अघिल्लो बिहिबार पाण्डाले खाना खान बन्द गरेको र ऊ निकै सुस्त भएको जानकारी पार्कले दिएको थियो । पछिल्ला केही दिनदेखि एन एनलाई उसको खराब स्वास्थ्यका कारण पार्कमा आउने मानिसहरुबाट टाढै राखिएको थियो । उसलाई चाहनेहरु पार्कमा आएर श्रद्धाञ्जली दिएका छन् ।

एन एनको जन्म दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा भएको थियो । सन् १९९९ मा बेइजिङले शहरलाई उपहारको रुमिा एन एन र एक पोथी पाण्डा जिया जियालाई एकैपटक हङकङ पठाएको थियो । जिया–जियाको मृत्यु ३८ वर्षको उमेरमा सन् २०१६ मा भएको थियो । पार्कमा हाल दुई अन्य विशाल पाण्डा छन् । जसलाई केन्द्र सरकारले सन् २००७ मा हङहङलाई दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप