मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा दन्त तथा फार्मेसी उपकरण प्रदर्शनी हुने

शुक्रबार, ०६ साउन २०७९, १२ : १५
शुक्रबार, ०६ साउन २०७९

कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टरले शनिबारदेखि विद्यार्थीहरुलाई प्राविधिक स्वास्थ्य शिक्षाबारे जानकारी दिने भएको छ । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई दन्त तथा फार्मेसी उपकरण लगायतका मनोरञ्जनात्मक तरिकाबाट प्रोजेक्ट प्रदर्शन गर्ने डा.बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

हाल एसईई परीक्षा दिएर बसेका कतिपय विद्यार्थीहरु भविष्यमा के विषय अध्ययन गर्ने र कुन पेसालाई अंगाल्ने भन्ने विषयमा अन्योलमा पर्ने भएकाले यस्ता कार्यक्रमले निर्णय दिन सक्ने क्षमता तथा ज्ञान हासिल गर्न सहयोग उनले बताए ।  
शनिबार दन्त तथा फार्मेसी उपकरण प्रदर्शन,कला प्रदर्शन, फुड स्टल, गेम स्टल, फेस पेन्टिङ, फोटो वुथ रहने उनले बताए ।
कान्तिपुर डेन्टल कलेजले दन्त स्वास्थ्य विषयमा काठमाडौं विश्वविद्यालयको सम्बन्धमा दन्त स्वास्थ्य विषय स्नातक तथा स्नातकोत्तर तहको कार्यक्रम र प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम  सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप