मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन समितिको निर्देशन

शुक्रबार, ०६ साउन २०७९, १८ : ३४
शुक्रबार, ०६ साउन २०७९

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।  

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो । मुटुका बिरामीहरुको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।  

समितिले कोभिड संक्रमण बढ्न लागेकोतर्फ सचेत गराउँदै त्यसको नियन्त्रणका लागि तयारी अवस्थामा रहन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटेर मेसिन अभाव भएकाले विरामीहरुको मुटुको शल्यक्रिया गर्ने कामलाई अघि बढाउन नसकिएको स्पष्टिकरण समितिलाई दिएका थिए । उनले युक्रेन युद्ध र कोरोना संकटका कारण पनि सो उपकरण ल्याउन नसकिएको पनि बताए ।

कार्यकारी निर्देशक अधिकारीले स्वास्थ्य सामग्रीहरुको खरिद प्रक्रियालाई सहज बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि समितिका सांसदहरुको ध्यानाकर्षण गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप