सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिमले माल्दिभ्समा जित्यो उपाधि

शनिबार, ०७ साउन २०७९, ०६ : ४३
शनिबार, ०७ साउन २०७९

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) को टिमले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेको छ । 

शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो । 

माजियाको जितमा स्पेनिस  खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीका कप्तान समेत रहेका किरणले माजियाको तर्फबाट पूरा समय मैदानमा बिताएका थिए । 

माल्दिभ्समा किरणको यो दोस्रो लिग उपाधि हो । यस अघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए । ३२ वर्षीय किरणले माल्दिभ्समा सन् २०१८–१९ मा उपाधि जितेका थिए । जुन समय उनि लिग कै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए । १९ खेल खेल्दा माजियाले १८ खेलमा जित, एक खेलमा हार बेहोर्दै ५४ अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप