सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

शनिबार, ०७ साउन २०७९, १० : ०८
शनिबार, ०७ साउन २०७९

भारतले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० अंकको अग्रता बनाएको छ ।

शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनमा समेटियो । वेस्ट इन्डिजका केली मेयर्सले सर्वाधिक  ७५ रनको बनाए । भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनायो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले समान २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप