मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीदेखि सांसदहरूलाई एसएमएस

शनिबार, ०७ साउन २०७९, १९ : १६
शनिबार, ०७ साउन २०७९

सत्तारुढ दलनिकट विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको आन्दोलनलाई जारी राखेका छन् । शनिबार अनेरास्ववियू (क्रान्तिकारी) को उपत्यका विशेष प्रदेश समितिले सांसदहरूलाई गभर्नरलाई बर्खास्त गर्न माग गर्दै एसएमएस अभियान सञ्चालन गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो संगठनको विभागमा खोटाङ घर भएका एम अधिकारीलाई समावेश गरेपछि विद्यार्थीहरूले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरिरहेका छन् । राष्ट्र बैंकको ऐनअनुसार गभर्नर पदमा रहँदा कुनै पार्टीको सदस्यता लिन वर्जित छ । एमालेका एम अधिकारी नै महाप्रसाद अधिकारी भएको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप