सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला युरो : फ्रान्स पहिलो पटक सेमिफाइनलमा

आइतबार, ०८ साउन २०७९, ०६ : ३४
आइतबार, ०८ साउन २०७९

साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश  गरेको छ  । इभ पेरिसेटले खेलको १०२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन । 

फ्रान्सकी  दिआनीलाई नेदरल्यान्डकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछि पेनाल्टीकाे अवसर मिलेको थियाे । खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनि फ्रान्स गोलरक्षकले विफल पारेकी थिइन् । 

यो जितसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ  । अर्को सेमिफाइनलमा स्विडेन र इङ्ग्ल्यान्ड भिड्ने पक्का छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप