सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतबार, ०८ साउन २०७९, ०७ : ३६
आइतबार, ०८ साउन २०७९

संघीय संसद् प्रतिनिधि सभा बैठक आज  बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त  कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप