सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र निर्माणका लागि गठबन्धन होइन, बलियो संगठन आवश्यक पर्छ, जुन एमालेसँग मात्र छ : महासचिव पोखरेल

आइतबार, ०८ साउन २०७९, ०८ : ४६
आइतबार, ०८ साउन २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्ण रुपले असफल भएको बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पोखरेलले आज विहान  पत्रकार सम्मेलनमा स्वार्थका लागि सत्ताको प्रयोग गर्ने प्रवृत्ति बढेको दाबी गरे । 

नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए । 'विकास निर्माणका कामहरु टप्प छन । लकडाउनको समयमा भन्दा पनि कम विकास खर्च कम भएको छ । मुलुकको परराष्ट्र नीति पूर्णत असफल भएको छ,'महासचिव पोखरेलले भने । 

सरकारले उत्पादन मुलुक उद्योगहरुलाई धरापमा पारेर आयातलाई बढावा दिएको पनि पोखरेलले आरोप लगाए । राष्ट्र निर्माणमा गठबन्धन भन्दा पनि बलियो संगठन आवश्यक रहेको र त्यो एमालेसँग मात्र रहेको महासचिव पोखरेलको जिकिर थियो । 

नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । दुई देशका बीचको असमान प्रबन्ध राख्नु गलत भएको भन्दै उनले साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको पनि खुलासा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप