सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एलन मस्कसँग सम्झौता गर्न ट्वीटरको ३३ मिलियन डलर खर्च

आइतबार, ०८ साउन २०७९, १४ : २८
आइतबार, ०८ साउन २०७९

अमेरिकी माइक्रोब्लग सामाजिक सञ्जाल ट्वीटरले एलन मस्कसँग कम्पनी बेच्ने सम्झौताका लागि ३३ मिलियन खर्च गरेको खुलेको छ । कम्पनीले विश्वकै धनी व्यक्ती मस्कलाई ट्वीटर हस्तान्तरण गर्नका लागि ३ महिनाको अवधिमा करोडौं डलर खर्च गरेको जनाएको हो ।

कम्पनी र ट्वीटर खरिद–बिक्रीका लागि राजी भएयता अप्रिलदेखि जूनसम्मको अवधिमा उक्त खर्च भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । मस्कले ट्वीटर किन्ने हल्लापछि दैनिक प्रयोगकर्ताको संख्या बढेर २३७ मिलियन पुगेको थियो ।

तर, यससँगै, कम्पनीको खर्च पनि बढेको बताइएको छ । प्रयोगकर्ताको संख्यामा वृद्धि आएपछि कम्पनीले २७० मिलियन डलरको घाटा ब्यहोरेको समेत बताइएको छ । तर, ट्वीटर बेच्ने–किन्ने विषय अघि बढिसकेपछि मस्क आफ्नो योजनाबाट पछि हटेका थिए ।

मस्क र कम्पनीका लगानीकर्ता ट्वीटरको खरिद–बिक्रीका लागि राजी भएपछि ट्वीटरले डुब्लिकेट खाताको संख्या दोब्बरले घटाएको थियो । जसलाई कारण देखाउँदै मस्कले सम्झौता नै रद्ध गर्ने घोषणा गरे । ‘हामीले डुब्लिकेट र स्पाम खाताहरूको संख्या घटाउने अभियान चलाएका छौं,’ कम्पनी भन्छ, ‘अबको केही महिनाभित्र नक्कली खाताको संख्या वास्तविक प्रयोगकर्ताकोभन्दा ५ प्रतिशतले कम हुने छ ।’

सन् २०२१ मा ट्वीटरको राजश्व संकलन ५ बिलियन अमेरिकी डलर थियो । यो पछिल्लो केही महिनायता ४५ प्रतिशतसम्मले घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप