मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनिषा आचार्यको ‘छोरी’ उपन्यास विमोचन

सोमबार, ०९ साउन २०७९, ११ : ३४
सोमबार, ०९ साउन २०७९

विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’  आइतबार राजधानीमा विमोचन गरिएको छ । 

लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’ ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा बोल्दै पम्फा भुसालले सानो उमेरमा ठूलो चुनौती लिएकोमा उपन्यासकी लेखक मनिषा आचार्यलाई बधाई तथा शुभकामना दिएकी छिन् । भुसालले भनिन्, ‘समाजमा अझै पनि नारीमाथि विभेद कायम रहेको र राजनीति र साहित्यको माध्यमबाट यस्ता विषय उठान गरेको खण्डमा विभेद अन्त्यका लागि केही सहयोग पुग्नेछ ।’

उनले भनिन्, ‘छोरीको समस्या भनेको राष्ट्रको समस्या हो भनेर अघि बढ्नुपर्छ । तबमात्र समाज अगाडि बढ्छ ।’

सन्तोष परियार र विमला तुम्खेवाले विमोचित छोरी पुस्तकमाथि टिप्पणी गरेका थिए । सन्तोषले किताबबारे टिप्पणी गर्दै भने, ‘किताबमा महिला हिंसाका साथै शहर र गाउँको कथा समेटिएको छ । यसमा प्रेमका कहानीजस्ता कुराहरु पनि समेटिएको छ ।’

लेखक आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ की उपाध्यक्ष हुन् । आचार्यको यो पहिलो कृति हो ।

लेखक आचार्यले  समाजमा छोरीले भोगेको पिडाहरुलाई आफ्नो कृतिमा समेटिएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप