मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साउनमा हरियोकै चर्चा

सोमबार, ०९ साउन २०७९, १६ : १९
सोमबार, ०९ साउन २०७९

जताततै हरियाली
लौ, साउन आएछ ।
गाउँका कुना कन्दरामा
खुसी छाएछ ।
    
खेतबारी लहलह
धानका बोट बयली खेलेका
गाउँका माइला, साइला दाइहरु
त्यसमै भुलेका ।

सहरतिर पनि हेर
साउनमा हरियोकै छ चर्चा
धर्म संस्कृतिको नाममा 
सहेलीको हातमा छ हरियै चुरा

कतिपय यसैभित्र
वैज्ञानिकता खोज्छन् ।
धर्मसँग बजार व्यवस्था
जोडिएको सोच्छन् । 

समाजको उद्भवलाई
हेरी  नियाल्दा
जीवन जिउने आधार
बन्छ साउन महिना ।

धर्मले नि अर्थतन्त्र 
जोगाएकै हो नि
बजारलाई परिष्कृत 
गराएकै छ नि ।

के गाउँ, के सहर 
चर्चा साउनकै ।
कृषिदेखि व्यवसाय
बढ्दै जाने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप