सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फको मतगणना : सातमध्ये ५ प्रदेश एमाले र २ वटामा काङ्ग्रेस अगाडि

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : ३१
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं – प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पहिलो पार्टी बनेको नेकपा एमाले समानुपातिकतर्फको मतगणनामा पनि सुरुबाटै अग्र पंक्तिमा छ । प्रत्यक्षमा तेस्रो स्थान बनाएको नेपाली काङ्ग्रेसले समानुपातिकतर्फ भने एमालेलाई पछ्याइरहेको छ । समानुपातिकमा काङ्ग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । जम्मा खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मतमध्ये  अहिलेसम्म २९ लाख ५२ हजार १९९ मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार बिहान १०ः४५ को अपडेटमा सात प्रदेशमध्ये २ मा काङ्ग्रेस अगाडि र ५ वटा प्रदेशमा एमाले अगाडि छ । 

समग्रमा एमाले नै अगाडि
निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फ मंगलबार विहान १०ः४५ को अपडेटअनुसार एमालेले दश लाख ८५ हजार ५९ मत प्राप्त गरी अग्रस्थानमा लिइरहेको छ । त्यसैगरी दोस्रो स्थानमा काङ्ग्रेसले १० लाख १० हजार ५०४ मत ल्याएको छ । काङ्ग्रेसभन्दा धेरै पछि रहेको माओवादी केन्द्रले ४ लाख ४४ हजार १४९ मत ल्याएको छ । यो मत काङ्ग्रेसको भन्दा आधामात्रै हो । त्यस्तै चौथोमा संघीय समाजवादी फोरम नेपालले ७६ हजार ९४७ मत प्राप्त गरेको छ भने पाँचौमा विवेकशीलले ६१ हजार ६७१ मत ल्याएको छ । 

प्रदेश १ मा एमाले  अघि  
प्रदेशगत हिसावमा हेर्दा १ नम्बर प्रदेशमा अरु दलको तुलानामा समानुपातिकतर्फ पनि एमाले नै अघि छ । यो प्रदेशमा एमाले २ लाख ५ हजार ३०८ मत ल्याउँदा काङ्ग्रेसले १ लाख ६९ हजार ७ सय ९२ मत ल्याएको छ । तेस्रोमा माओवादी केन्द्रले ६९ हजार ९९८ मत ल्याएको छ । २ नम्बर प्रदेशमा संघीयमाजवादी चौथोमा छ । उसले २२ हजार ४२ मत ल्याएको छ । 

प्रदेश नं २ मा काङ्ग्रेस अगाडि, एमाले चौथो 
समानुपातिक तर्फको मतगणनामा प्रदेश नं २ मा नेपाली काङ्ग्रेस अगाडि छ । यो प्रदेशमा काङ्ग्रेसले ४२ हजार ६३२ मत ल्याउदा एमाले १९ हजार ३ सय २१ मत ल्याएर चौथो स्थानमा छ । त्यसैगरी दोस्रोमा राजपा नेपालले ३७०३८ मत ल्याएर दोस्रो तथा संघीय समाजवादी फोरमले १९ हजार ८५१ मत ल्याएर तेस्रो स्थान कायम राखेको छ । दुई नम्बर प्रदेशमा माओवादी केन्द्र अत्यन्त थोरै मत ९८३१ मत ल्याएर ५ औ स्थानमा छ । 

३ नम्बरमा पनि एमाले 
३ नम्बर प्रदेशको मत गणनामा एमाले पहिलो, दोस्रोमा काङ्ग्रेस, तेस्रोमा माओवादी र चौथोमा विवेकशील छ भने पाचौमा राजमो रहेको छ । यो प्रदेशमा एमालेले १ लाख ९७ हजार ३३४ मत ल्याउदा काङ्ग्रेस १लाख ५२ हजार २५४ मत र माओवादीले ९९ हजार ६५ मत पाएको छ । त्यसैगरी विवेकशीलले ३२ हजार ९७९ मत ल्याएको छ । राप्रपाले २५ हजार ८७० मत ल्याएर पछ्याउदैछ । 

४ नम्बरमा जनमोर्चा चौथो 
यो प्रदेशमा एमालेले १ लाख ७० हजार ९७४ मत ल्याउँदा दोस्रो र तेस्रोमा काङ्ग्रेस र माओवादी भएपनि चौथोमा जनमोर्चाले मत ल्याएको छ । काङ्ग्रेसले १ लाख ६६ हजार ९६३ मत ल्याएर पछ्याउदै छ । त्यस्तै माओवादी ६७ हजार ४७७ मत ल्याएर तेस्रो र जनमोर्चा १७ हजार ८८४ मत ल्याएर चौथो स्थान बनाएको छ । यो क्षेत्रमा नयाँ शक्तिले १५हजार २६८ मत ल्याएर पाचांै स्थानमा छ ।   

५ नंम्बर प्रदेशमा संघीय समाजवादी चौथो
यो प्रदेशमा अग्रस्थानमा एमाले नै रहेको छ भने चौथोमा संघीय समाजवादी फोरम नेपाल रहेको छ । यो प्रदेशमा एमालेले २ लाख २९ हजार ७०२ मत ल्याउदा फोरमले २६ हजार ५६७ मत ल्याएको छ । दोस्रो र तेस्रोमा क्रमश काङ्ग्रेस र माओवादीले २ लाख ९० हजार १७ र विवेकशीलले १० हजार २८२ मत लाएको छ ।  

६ नम्बरमा काङ्ग्रेस–एमाले नजिक
अरु प्रदेशमा निकै अन्तर रहेको एमालेसँग काङ्ग्रेसले यो प्रदेशमा भने मतान्तर घटाएको छ । यो प्रदेशमा एमालेले ८६ हजार ८२८ मत ल्याउँदा काङ्ग्रेसले ८२ हजार ७९० मत लयएको छ । त्यसैगरी माओवादीले ७० हजार ८१८ मत ल्याएको छ । माओवादीले पनि काङ्ग्रेससँगको मतान्तर घटाएको देखिन्छ । यो प्रदेशमा चौथामो नेमकिपा छ उसले ६ हजार २३१ मत ल्याएको छ । उसलाई राप्रपाले ५हजार ७४३ मत ल्याएर पछ्याउदैछ ।   

७ नम्बरमा काङ्ग्रेस अगाडि
यो प्रदेशको समानुपातिक मत गणनामा पनि काङ्ग्रेस अगाडि लागेको छ । १ लाख ६ हजार ५३९ मत काङ्ग्रेसले ल्याउदा एमालेले ९७ हजार ४७ मत मात्रै ल्याएको छ । काङ्ग्रेस र एमालेबीच नौ हजारको मतान्तर छ । यहाँपनि तेस्रो स्थानमै रहेको माओवादी ४३ हजार ४१७ मत ल्याएको छ भने राप्रपा ६ हजार ४७५ मत र विवेकशीलले ७७५ मत मात्र ल्याएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप