सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

मङ्गलबार, १० साउन २०७९, ०७ : ०४
मङ्गलबार, १० साउन २०७९

यसै समरमा इटालियन क्लब युभेन्टस् अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् ।

स्पेनिस महारथी बार्सिलोनाबिरुद्ध प्री-सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् । 

२९ वर्षीय पोग्वा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन् । दायाँ घुँडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैदानमा उपलब्ध भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप