यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
मङ्गलबार, १० साउन २०७९, ०८ : ३९
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार ३६५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ८५ रुपैयाँ, कागती १३६ रुपैयाँ ६७ पैसा, कुरिलो ३७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४३ रुपैयाँ ४० पैसा प्रति केजी तोकिएको छ ।