मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा बस्ताकोटीको ‘विसंगत बस्ती’को विमोचन

मङ्गलबार, १० साउन २०७९, १० : ०४
मङ्गलबार, १० साउन २०७९

अमेरिकाको नर्थ क्यारोलाइनास्थित केरी सहरमा आयोजित एक साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित  मुक्तक संग्रह ‘विसंगत बस्ती’को  हालै विमोचन गरिएको छ ।  नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई. ईश्वर देवकोटा, डा नारायण राजभण्डारी,  नगेन्द्र न्यौपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आरपी पौडेल र मुक्तककार बस्ताकोटी स्वयमले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककार बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा तथा नम्रता गुरागाईंले विमोचित पुस्तकको समीक्षा गरेका थिए । डा अच्युत शर्मा र कल्पना घिमिरेले संग्रहभित्रबाट छानिएका मुक्तक बाचन गरेका थिए । बस्ताकोटीको दोस्रो साहित्यिक कृति विसंगत बस्ती बीएन पुस्तक संसारले हालै बजारमा ल्याएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप