सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुस्तामा पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

मङ्गलबार, १० साउन २०७९, १० : ३५
मङ्गलबार, १० साउन २०७९

नवलपरासीको (पश्चिम) सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सरावल गाँउपालिका–१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् । उनको चौपत्ता स्थित शहीद स्मृती सामुदायीक अस्पताल उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । 

आज बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई साँगुरो पुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप