आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही

मङ्गलबार, १० साउन २०७९, १० : ४३
मङ्गलबार, १० साउन २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् । यस्तै, अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालक परेको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप