सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्गलबार, १० साउन २०७९, १० : ५९
मङ्गलबार, १० साउन २०७९

सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए । 

दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप