मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य राज्यमन्त्रीले लिए डा.चौरसियासँग स्पष्टीकरण

मङ्गलबार, १० साउन २०७९, १९ : ४६
मङ्गलबार, १० साउन २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा.सुरेन्द्र चौरसियसँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा.चौरसियालाई स्वास्थ्य मन्त्रालयमै बोलाएर राज्यमन्त्री केसीले जवाफ मागेका हुन् ।

उनले औषधि उपकरण खरिद प्रकरणमा मनलाग्दी नगर्नसमेत निर्देशन दिए । स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘अनियमितताबारे अझै अध्ययन हुन्छ । मन्त्रालयले यस विषयमा अध्ययन थाल्छ ।’ १० अर्बको औषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको लगायतका विषयको वास्तविकता के हो भनेर राज्यमन्त्री केसीले डा. चौरसियासँग जवाफ माग गरेका थिए ।

डा.चौरसियाले भने आफूले गल्ती नगरेको जवाफ दिएका थिए । राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखामा पत्र पठाएर डा. चौरसियासँग जवाफ मागेको थियो । १० अर्बको औषधि उपकरणहरु खरिदमा अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित भएपछि राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप