सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला युरो : स्विडेनलाई पराजित गर्दै घरेलु टोली इङ्ग्ल्यान्ड फाइनलमा

बुधबार, ११ साउन २०७९, ०७ : १०
बुधबार, ११ साउन २०७९

स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इङ्ग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । 

सेफिल्डमा मंगलबार राति इङ्ग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक(एक गोल गरे। पहिलो हाफमा १ गोल गरेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

इङ्ग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इङ्ग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । यद्यपि उपाधि भने हात पार्न सकेको छैन ।

अब, इङ्ग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप