यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
बुधबार, ११ साउन २०७९, ०९ : ००
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार ३७५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ७५ रुपैयाँ, कागती १६२ रुपैयाँ ७७ पैसा, कुरिलो ३३७ रुपैयाँ ५० पैसा र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।