सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

बुधबार, ११ साउन २०७९, ०९ : ५१
बुधबार, ११ साउन २०७९

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का  १८ वर्षीय कृष्ट लामा रहेका छन् ।

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा ६७ प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा  घाइते भएको प्रहरीले जनाएको छ । 

यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामे साँघु स्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मङ्गलबार फेला परेको छ । लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो । शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप