मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिडियाखानामा दुई चिम्पान्जीको बाल्यकाल, जो सेलिब्रेटी बनिरहेछन् (फोटोफिचर)

बिहीबार, १२ साउन २०७९, १६ : १३
बिहीबार, १२ साउन २०७९

नाइजेरियाबाट अवैध रुपमा तस्कर हुने क्रममा नेपालबाट करिब ५ वर्षअघि उद्दार गरिएका दुई चिम्पान्जी अहिले सदर चिडियाखानामा आफ्नो बाल्यकाल रमाइलोसँग बिताइरहेका छन् । उनीहरुका गतिविधि हेरेर त्यहाँ पुग्ने दर्शकहरु मख्ख पर्ने गर्छन् । उनीहरु कहिले एक अर्कालाई त कहिले हेर्न आएका मान्छेलाई जिस्काउँछन् । कहिले बल खेल्छन् त कहिले पिङ् । उनीहरुको खेल हेर्न दर्शकहरुको भीड लाग्ने गर्छ ।  

‘मानिसको जस्तै चिम्पान्जीको पनि बाल्यकाल र वयस्क अवस्था भन्ने हुन्छ । अहिले हाम्रो सदर चिडियाखानामा ल्याइएका चम्पा र चिम्पु ५ वर्षका भए । उनीहरु १३ वर्षको नभइ वयस्क भन्न मिल्दैन । त्यसैले अहिले हामीले उनीहरुलाई मानिसको बच्चा जस्तै स्याहार सुसार गरिरहेका छौं’, सदर चिडियाखानाकी प्रवक्ता लिना चालिसेले रातोपाटीलाई बताइन् ।

सिआइबीले ५ वर्षअघि महाराजगन्जको एक घरबाट उनीहरुलाई उद्दार गरेर सदर चिडियाखानालाई जिम्मा लगाएको थियो । केही महिना अघि मात्रै चिडियाखानामा नयाँ घर बनाएर राखिएका चिम्पा र चिम्पुलाई हेर्नकै लागि भए पनि मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।

‘यहाँ आउनुहुने अवलोकनकर्ताहरु पहिला पहिला बाघ र चितुवा हेर्न भनेर आउनुहुन्थ्यो तर अहिले चम्पा र चिम्पु आएदेखि उनीहरुलाई हेर्न आउनुहुन्छ । उनीहरु अहिले सेलिब्रेटी भइसके’ चालिसेले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप