आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रबार, १३ साउन २०७९, ०६ : ०७
शुक्रबार, १३ साउन २०७९

आज देशभर आंशिक देखि सामान्य बदली रहने भएकाे छ । अहिले बिहान  प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो  देशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको संभावना रहेको भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप