मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दमौलीमा डेङ्‌गुका सात बिरामी भेटिए

शुक्रबार, १३ साउन २०७९, ०७ : ५२
शुक्रबार, १३ साउन २०७९

तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्‌गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्‌गुका बिरामी भेटिएका हुन् । 

पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्‌गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिए । उनका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियाँलगायतका बिरामी अत्यधिक आउने गरेका छन् । 

बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिए । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । उनले भने, “बिरामीको अवस्था गम्भीर देखिएमात्र अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।” रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताए । 

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप