भर्ना शुल्क बढाएको भन्दै 'चक्रवर्ती स्कुल अफ ल'लाई विद्यार्थी संगठनको ध्यानाकर्षण
शुक्रबार, १३ साउन २०७९, ०८ : १७
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भर्ना शुल्क बढाएको भन्दै विजुलीबजार स्थित चक्रवर्ती स्कुल अफ ल को ध्यानाकर्षण गराएको छ । चक्रवर्तीले बीए एलएलबी र एलएलएमको भर्ना शुल्क एकाउक बढाएको संगठनको आरोप छ ।
नियम कानुन मिचेर शैक्षिक सत्रको बीचबीचमा मनलाग्दी शुल्क बढाउने र आन्दोलनरत विद्यार्थीलाई बाउन्सर लगाएर कुटपिट गर्ने काम गरेको भन्दै क्याम्पस प्रशासनको कामप्रति संगठनले आपत्ति जनाएको हो ।
संगठनले वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन पनि क्याम्पस प्रशासनलाई आग्रह गरेको छ । आफूहरुको मागको वेवास्ता गरिएमा आन्दोलनमा उत्रने र त्यसपछिको परिणामको जिम्मेवार क्याम्पस प्रशासन नै हुने भेतावनी पनि अनेरास्ववियू –क्रान्तिकारीले दिएको छ ।