सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा गाईसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

शुक्रबार, १३ साउन २०७९, १० : ३१
शुक्रबार, १३ साउन २०७९

कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६प ८०२८ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक धनगढी–३  विशालनगरका वीरेन्द्र शर्मासमेत घाइते भएका छन् । 

उनको अनुहारमा चोट लागेको छ । पछाडि सवार हमालको टाउकोमा चोट लागेको थियो । उनको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप