आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा एकैदिन २४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

शुक्रबार, १३ साउन २०७९, ११ : ०५
शुक्रबार, १३ साउन २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४७५ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने १४६, लेन अनुशासन पालना नगर्ने १३०, रेड लाइटको पालन नगर्ने ५३ र नम्बर प्लेट नदेखिने गरी राख्ने ४० जना सवारी चालक छन् । 

यस्तै, २ हजार १०६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप