सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपका लागि कतारको टोली ६ महिनाको बन्द प्रशिक्षणमा

शुक्रबार, १३ साउन २०७९, १२ : ०५
शुक्रबार, १३ साउन २०७९

कतारले वर्ष २०२२ को विश्वकप फुटबललाई एक महाकुम्भको रुपमा लिएको छ । मध्यपूर्वको मुस्लिम देशमा हुने पहिलो ग्लोबल इभेन्टलाई चर्को गर्मीका कारण नोभेम्बर र डिसेम्बरमा सारिएको छ ।

कतारको राष्ट्रिय टोलीले अहिले विश्वकपका लागि ६ महिनाको बन्द प्रशिक्षण तय गरेको छ । फेलिक्स सान्चोको नेतृत्वमा रहेको टोलीले गत महिना जम्मा भएको २७ सदस्यीय टोली सहित बन्द प्रशिक्षणको थालनि गरेको हो ।

कतारले २१ नोभेम्बरमा इक्वेडरविरुद्धको खेलबाट विश्वकपको सुरुवात गर्नेछ । त्यसअघि कतारले क्यानडा र चिलीसँग मैत्रीपूर्ण पनि खेल खेल्नेछ । पहिलो चरणको तयारी स्वरुप कतारले स्पेन भ्रमण गरेको थियो । त्यसलगत्तै कतारले अस्ट्रिया भ्रमण गर्ने तालिका छ । जहाँ कतारले घाना, मोरक्को र जमैकासम्मेलित प्रतियोगितामा खेल्नेछ ।

कतार सुपर लिग (क्यूएसएल) टोलीका एक सदस्यले खेलाडीहरुलाई विश्वकप सुरु हुने लामो समय बाँकी रहेको बेला नै बन्द प्रशिक्षण राख्दा उनीहरुको मानसिक दृष्टिकोणले राम्रो नभएको बताए ।

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप