मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ

शनिबार, १४ साउन २०७९, ०६ : २४
शनिबार, १४ साउन २०७९

प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई  प्रहरीले  पक्राउ गरेको हो ।  

कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले  जनाएको छ ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन  म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप