पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले वेस्ट इन्डिजलाई हरायो
शनिबार, १४ साउन २०७९, ०६ : ३३
पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ । शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।
भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।
यस जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।