सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोउन्डेले गरे बार्सिलोनासँग पाँच वर्षको सम्झौता

शनिबार, १४ साउन २०७९, ०७ : ४८
शनिबार, १४ साउन २०७९

फ्रान्सका  रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् । 

२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले युरोपा लिग उपाधि जित्दा कोउन्डे टोलीका सदस्य थिए । 

कोउन्डेलाई यसअघि इङ्ग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो  । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप