सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुनियर फुटबल एकेडेमीद्वारा फिजियोथेरापी वर्कशपको आयोजना

शनिबार, १४ साउन २०७९, ०७ : ५६
शनिबार, १४ साउन २०७९

जुनियर फुटबल एकेडेमीले कार्डियोपल्मुनरी फिजियोथेरापी वर्कशपको आयोजना गरेको छ। शुक्रबार बुद्धनगरस्थित काभ्य स्कुलमा सो कार्यक्रमको आयोजना भएको हो।

वर्कशपमा एमपीटी कार्डियोरेस्पिरेटोरी फिजियोथेरापिस्ट डा. आशिस गुरुङ र एमपीटी एमएसके तथा स्पोर्टस् फिजियोथेरापिस्ट डा. उज्वल डोटेलले खेलको दौरान हुनसक्ने सम्भावित दुर्घटना र सो समयमा नजिकै रहेकाले कसरी उद्धार कार्य गर्ने भन्ने जानकारी प्रस्तुत गरेका थिए। उनीहरुले चोट न्यूनीकरणको लागि प्रशिक्षक तथा खेलाडीहरूले अपनाउनुपर्ने विधिहरु, सावधानी अपनाउँदा पनि हुने दुर्घटनामा के गर्ने ?, बारम्बार चोट लागेको अवस्थामा के गर्ने ? जस्ता कुराहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले प्रस्तुत गरेका थिए।

वर्कशपमा फुटबल प्रशिक्षकहरु, व्यवसायिक खेलाडीहरु, स्काउटका सदस्य तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रममा काभ्य स्कुलका डाइरेक्टर समेत रहेका जेएफएका अध्यक्ष रिजन खड्काले डा. गुरुङ तथा डा. डोटेललाई मायाको चिनो प्रदान गरेका थिए भने सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप