सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रणवीर-श्रद्धा अभिनित चलचित्रको सेटमा आगलागी, एक जनाको मृत्यु

शनिबार, १४ साउन २०७९, १२ : २०
शनिबार, १४ साउन २०७९

रणवीर कपुर र श्रद्धा कपुर अभिनित एक चलचित्रको सुटिङ सेटमा शुक्रबार साँझ भयानक आगलागी भएको छ । आगलागीमा परि ३२ वर्षीय एक युवकको मृत्यु भएको कुपर अस्पतालका डा सदाफुलेले बताए । घटनामा एक जना घाइते भएका छन् । 

मुम्बईको अंधेरी वेस्ट इलाकामा तयार पारिएको सेटमा शुक्रबार सुटिङ भइरहेको थियो ।  साँझ ४:३० बजे अचानक सेटमा आगलागी भएको थियो । 

नाम तय भइनसकेको यो चलचित्रमा रणवीर र श्रद्धाले चाँडै  सुटिङ गर्ने तयारीमा थिए । आगलागीका कारण सेटमा पूर्ण क्षति पुगेकाले चलचित्रको छायांकन अनिश्चित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप