मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकारले बाथरोगलाई बेवास्ता गरेको गुनासो

शनिबार, १४ साउन २०७९, १६ : ४३
शनिबार, १४ साउन २०७९

बाथरोग निवारण तथा सचेतना अभिवृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’को ११औँ वार्षिकोत्सव सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अतिथिहरूमा वाथरोग विशेषज्ञ डा. दिपा शाह, डा. उज्ज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा. प्रदिप श्रेष्ठ रहेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दिपेन्द्ररमण सिंहले बाथरोग समाजले बाथरोग सम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताए । त्यसको लागि स्वास्थ्य सेवा विभागले सक्दो भुमिका खेल्ने बताए । उनले बाथरोग मैत्री समाजले देशलाई धेरै दिन सक्ने समेत बताए । 

विशेष अतिथि तथा समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौडेलले बाथरोगको उपचार महँगो र दिर्घरोग भए पनि सरकारले यस रोग सम्बन्धमा बेवास्ता गरेको बताए । कार्यक्रममा डा. उज्ज्वल रिसालले बाथ रोगीहरूलाई खोपको महत्त्व विषयमा उजागर गरेका थिए । बाथ रोगीलाई रोगसँग लड्ने क्षमता कम भएकोले पनि कुनै पनि किसिमका खोपहरू महत्त्वपूर्ण हुने रिसालले बताए । 

बाथरोग विशेषज्ञ डा.दिपा शाहले हड्डी स्वास्थ्यको महत्त्वबारे कार्यक्रममा प्रकाश पारेकी थिइन् । उनले हड्डीको स्वास्थ्यका लागि वयस्क उमेरदेखि नै सन्तुलित भोजन, व्यायाम तथा योगमा ध्यान दिनुपर्ने बताइन् । हड्डी स्वास्थ्यका लागि पोषणयुक्त सन्तुलित भोजन तथा भिटामिन डीको जरुरत रहने शाहले बताइन् । 

डा. अमृत घिमिरेले बाथ रोगीहरूले के के खानुहुन्छ र केके खानु हुँदैन भन्ने बारेका समाजमा रहेका भ्रमहरू चिर्ने प्रयास गरेका थिए । डा. घिमिरेले बाथ रोगीहरुले मूलभूत रूपमा खानपिनमा कुनै किसिमका कुरा बार्नु नपर्ने बताए । तर युरिक एसिडको बाथको सवालमा एसिड बन्ने खानेकुरा खान नहुने बताए । त्यस अलावा बाथ रोगीहरूले धूम्रपान, मद्यपान र सिसिमा गालेका अचारहरू खान नहुने बताए । सो बाहेक सबै चीजहरू बाथ रोगीहरूले खाँदा हुने उनले बताए ।

यस्तो बन्यो नयाँ कार्य समिति 

अध्यक्ष : मेनका आचार्य

प्रथम उपाध्यक्ष : रुपा विमल क्षेत्री

द्वितीय उपाध्यक्ष : बलरामकृष्ण बन्जाडे

महासचिव : गणेश थापा

सचिव : सुष्मा रेग्मी

कोषाध्यक्ष : विजयराज अधिकारी

सहकोषाध्यक्ष : टिकादेशी श्रेष्ठ

सदस्यहरू : सरला क्षेष्ठ, टिका तिमल्सिना, राजु पन्थी, सविन कार्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप