सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिम्बावेविरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा, कोहली अटाएनन्

आइतबार, १५ साउन २०७९, ०६ : २१
आइतबार, १५ साउन २०७९

जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ । ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो  ।

टोलीमा पूर्व कप्तान विराट कोहली अटाएका छैनन् ।  वेस्ट इन्डिजविरुद्धको जारी सिरिजमा समेत कोहली टिममा परेका थिएनन् । 

भारतीय टिममा शिखर धवन, ऋतुराज गायकवाड, शुभमन गिल, वासिङटन सुदर, दीपक हुडा, सन्जु सामसन, ईशान किसन,राहुल त्रिपाटी,अक्षर पटेल,प्रसिद्ध कृष्णा, कुलदिप यादब, आवेश खान, मोहम्मद सिराज, शार्दुल ठाकुर र दिपक चाहर रहेका छन् । भारतीय टोलीले जिम्बावेविरुद्ध १८ अगस्टमा पहिलो एकदिवसीय  खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप