सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुम्लामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, १५ साउन २०७९, ०८ : ५५
आइतबार, १५ साउन २०७९

जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  विहान करिव साढे ६ वजे दुर्घटना भएको हो । 

मृत्यु हुनेमा राराछायानाथ नगरपालिका मुगुका दिपक तिरुवा रहेका छन् । गाडी सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्रचन्दले बताए । 

ड्राइभर दलबहादुर बुढा हुन । उनका अनुसार ड्राइभर घाइते छन् । कानकासुन्दरी गाउँपालिका १ जुम्लाका हुन । उनलाई प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ। गाडीमा ५ जना यात्रु सवार थिए। अरु सकुशल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप