सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जित

आइतबार, १५ साउन २०७९, १० : ०९
आइतबार, १५ साउन २०७९

स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा आइतबार बिहान न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ । 

अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक एक गोल गरे । बार्सिलोनाले दुबै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो । 

यसअघि अमेरिकन क्कब  इन्टर मियामी र स्पेनिस प्रतिद्वन्दी  रियल म्याड्रिडलाई  बार्सिलोनाले पराजित गर्दा  अमेरिकन क्लब युई ओलोट र सिरी ए को  युभेन्ट्ससँग बराबरी खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप