सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बद्री बहादुर अष्ट्रेलियामा प्रिमियर

आइतबार, १५ साउन २०७९, १२ : २५
आइतबार, १५ साउन २०७९

शोभित बस्नेतद्वारा निर्देशित फिल्म बद्री बहादुर अष्ट्रेलियामा प्रिमियर भएको छ । फिल्मको जुलाई ३० अष्ट्रेलियामा प्रिमिएर भएको निर्देशक बस्नेतले जानकारी दिए ।

फिल्म प्रिमिएरका लागि अष्ट्रेलिया उडेका शोभित अहिले उतै छन् । फिल्मको अष्ट्रेलिया प्रिमिएर चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । सिनेमाको अझै ३ शहरमा समेत शो गरिनेछ । 

स्वदेश भने फिल्मको प्रदर्शन फिक्स भएको छैन । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।

अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतको बिषेश भुमिका रहेको फिल्ममा छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य  र वर्षा चौलागाईको अभिनय रहेको छ । 

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन छ । फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न स्थानमा छायांकन भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप