मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पदमश्री पुरस्कारका लागि ५ पुस्तक छनोट

आइतबार, १५ साउन २०७९, १४ : ०९
आइतबार, १५ साउन २०७९

यो वर्षको पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोट भएका छन् । खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानले पुस्तक छनोटका लागि गठन गरेको खुल्ला स्वतन्त्र निर्णायक समितिले ५ वटा पुस्तक पुरस्कारका लागि सिफारिस गरेको हो । सिफारिस भएका पुस्तकहरुमा डा.नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको  यादहरुको सङ्ग्राहलय रहेका छन् ।

समितिले सुरुमा २०७८ सालभित्र प्रकाशित भएका १५ वटा पुस्तक छनोट गरेको थियो ।  छनोट भएका १५ वटा पुस्तकको नाम प्रतिष्ठानले असार १५ गते सार्वजनिक गरेको थियो ।  उक्त विस्तारित सूचीमा परेका पुस्तकहरुमध्येबाट (कृति) समितिले थप अध्ययन र मूल्याङ्कन गरी ५ वटा पुस्तक छनोट गरेर प्रतिष्ठानलाई उपलब्ध गराएको र अन्तिम चरणमा यिनै ५ वटा कृतिहरुमध्येबाट पुरस्कृत पुस्तक(कृति) चयन गरिने संस्थाका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप