खीर खाने कार्यक्रममा छाता ओढेर पुगे अध्यक्ष ओली (तस्बिरमा हेर्नुस्)
आइतबार, १५ साउन २०७९, १६ : ३४
नेकपा एमालेले साउन १५ का अवसरमा ‘स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम’ आयोजना गरेको छ । एमालेको साहित्य तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु सहभागी थिए । अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन छाता ओढेर पुगेका थिए । कार्यक्रममा विभिन्न श्रष्टा तथा संस्कृतविदको सहभागीता रहेको थियो ।