अर्थमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ (तस्बिरसहित)
आइतबार, १५ साउन २०७९, १८ : २६
संसदीय छानबिन समितिबाट सफाइ पाएपछि पुनः अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ गराएकी हुन् ।